काठमाडौं । आरोग्य नेपाल टेकले आरोहण र पदयात्रामा गएका आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘टेलिहेल्थ उपकरण’ प्रयोगमा ल्याइएको छ । पदयात्रीको स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी र भरपर्दो बनाउन सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, मनास्लु र लाङटाङलगायतका पर्यटकीय गन्तव्यमा ‘टेलिहेल्थ उपकरण’ प्रयोगमा ल्याइएको हो ।

पदयात्राका कारण उच्च उचाइका कारण हुने अक्सिजनको कमी, रक्तचापमा आउने उतारचढाव र उचाइजन्य स्वास्थ्य समस्याको जोखिमलाई न्यूनीकरण गर्न पर्यटकीय क्षेत्रमा उक्त मेसिन प्रयोगमा ल्याइएको आरोग्य नेपाल टेकका सञ्चालक शिव पौडेलले जानकारी दिए । ट्रेकिङ गाइड, उद्धार टोली, स्वास्थ्यकर्मी तथा पर्यटन क्षेत्रसँग विभिन्न निकायले यो मेसिनलाई सञ्चालनमा ल्याएको हो ।

‘Portable Health Monitor Device’ र ‘Pranna Sense Companion App’ प्रयोगमा ल्याएको छ। सगरमाथा, अन्नपूर्ण, मनास्लु र लाङटाङ क्षेत्रमा उपलब्ध यो प्रविधिले अक्सिजनको कमी, रक्तचाप, र उचाइजन्य समस्या (Altitude Sickness) को जोखिम न्यूनीकरण गरी स्वास्थ्य सुरक्षा भरपर्दो बनाउनेछ।
‘Pranna Sense’ उच्च हिमाली पदयात्राका क्रममा आइपर्ने उचाइजन्य स्वास्थ्य समस्या (AMS) को समयमै पहिचान गर्न निकै उपयोगी उपकरण हो। यसको प्रयोगले स्वास्थ्य मापन: शरीरको तापक्रम र रगतमा अक्सिजनको मात्रा (ग्लुकोज) तुरुन्तै मापन गर्न सकिन्छ।मोबाइल एप: उपकरणबाट प्राप्त विवरणहरू सुरक्षित रूपमा मोबाइल एपमा हेर्न, भण्डारण गर्न र तुरुन्तै रिपोर्ट तयार गर्न सकिन्छ। स्वास्थ्य जोखिम न्यूनीकरण: पदयात्राका क्रममा अक्सिजन घट्ने, श्वासप्रश्वासमा समस्या, अत्यधिक थकान, टाउको दुख्ने, रक्तचाप असन्तुलन र मुटुको धड्कन असामान्य हुने जस्ता समस्या समयमै पत्ता लगाउन मद्दत गर्ने संचालक शिव पौडेलले जानकारी दिए ।