
धादिङ । ए.वान पोलिमर्स एन्ड वेभेरेज प्रा.लि बाट प्रशोधन गरेर उत्पादन भएको अक्वा माइन( Aqua mine) वोटलको पिउने पानी अंग्रेजी मिति 2026-02-16 देखि 23 तारिख सम्मका ब्याच नम्बर BN:004 TO BN:011 मा उत्पादन गर्दा मेसिनको खराबीका कारण केही कार्टुनहरुमा खराबी आएको जानकारी गराउँदछौं । साथै प्राविधिक कारणले गर्दा खराबी भएका र बजारमा पुगिसेकका त्यस्ता कार्टुनहरुलाई धमाधम फिर्ता पनि गराइसकेका छौं । खराबी भएका पानीका कार्टुन बजारबाट फिर्ता ल्याउने र नष्ट गर्ने कार्य गरिसकेको पनि अवगत गराउँदछौं । तर अझैं पनि केही पानीका कार्टुन बजारमा नै रहेका कारण कम्पनीले त्यस्ता कार्टुन समेत नष्ट गर्ने भएकाले कसैको पसलमा भएमा हामीलाई खबर गरी सहयोग गरिदिन विनम्र आग्रह गर्दछौं ।