शहीद मेमोरियल ५ महिनामा ६५ लाख घाटामा, काम गर्ने डाक्टरलाई कारबाही गरेर रमाउदै व्यवस्थापक

शहीद मेमोरियल ५ महिनामा ६५ लाख घाटामा, काम गर्ने डाक्टरलाई कारबाही गरेर रमाउदै व्यवस्थापक

काठमाडौं । कलंकीस्थित शहीद  मेमोरियल अस्पतालमा चरम आर्थिक संकटमा पर्दै गएको छ । पछिल्लो ५ महिनामा अस्पतालको ६५ लाख ५९ हजार ६१० रुपैयाँ घाटामा पुगेको छ ।

असोजमा सबैभन्दा धेरै ३६ लाख र कार्तिकमा १७ लाख रुपैयाँ घाटामा गएको छ ।

यो पाँच महिनाको आर्थिक विवरण

वर्तमान संचालक समितिका अध्यक्ष गणेश गुरुङलगायतको टिम भने अस्पताललाई कसरी राम्रोसँग संचालन गर्ने भन्दा पनि आन्तरिक राजनीतिमै व्यस्त छन ।

विगत लामो समयदेखि अस्पतालमा कार्यरत डा दिपक श्रेष्ठलाई कारबाही गरेका छन । अनावश्यक रुपमा ६ महिनादेखि पेलेर कामै गर्न नदिएको उहाँको गुनासो छ ।

आफूले ४ महिना अस्पतलाको काम नगरेको समयमा यति धेरै घाटा परिससकेको जानकारी दिनुभयो । विगतमा हरेक डाक्टरहरुले ७ गते तलब पाउने गरेकोमा अहिले २ महिना २३ दिनदेखिको तलव पाएका छैनन । 

अस्पतालको संचालक समिति चयनका लागि शनिवार निर्वाचन हुँदैछ । सोही निर्वाचनमा अध्यक्षको आकांक्षी श्रेष्ठलाई रोक्न वर्तमान व्यवस्थापनले अनेक फन्डा गरिरहेका छन । २ प्रतिशत फन्डको पैसा अपचलन गरेको झुटो आरोप लगाएर श्रेष्ठलाई अध्यक्षको उम्मेदवार हुन नदिने ध्याउन्नमा छन । अस्पताललाई कसरी नाफामा लैजाने र राम्रो सेवा दिने भन्दा पनि अध्यक्ष गुरुङ ब्यक्तिगत लाभ कसरी लिने भन्ने ध्याउन्नमा लागेको आरोप छ ।

प्रकाशित मिति:     २४ पुष २०८२, बिहीबार  |    Himali Khabar