‘२ प्रतिशत फन्डाको एक रुपैयाँ पनि लिएको छैन, यो व्यवस्थापनको षड्यन्त्र हो’: डा.दीपक श्रेष्ठ

‘२ प्रतिशत फन्डाको एक रुपैयाँ पनि लिएको छैन, यो  व्यवस्थापनको षड्यन्त्र हो’: डा.दीपक श्रेष्ठ

काठमाडौं । कलंकीस्थित शहीद  मेमोरियल अस्पतालमा भएको अनियमितताको आरोप लगाएकोमा डा.दीपक श्रेष्ठले गम्भिर आपत्ति जनाएका छन् । अस्पतालको संचालक समिति चयनका लागि शनिवार निर्वाचन हुँदैछ । सोही निर्वाचनमा अध्यक्षको आकांक्षी श्रेष्ठलाई रोक्न वर्तमान व्यवस्थापनले आफूहरुले नै स्थापना गरेको २ प्रतिशत फन्डको पैसा अपचलन गरेको झुटो आरोप लगाएको बताउनु भएको छ।  

वर्तमान व्यवस्थापन समितिका अध्यक्ष गणेश गुरुङलगायतकाले निर्वाचनमा रोक्न यस्तो अनैतिक र झुटो आरोप लगाएको उहाँको दाबी छ ।

‘अस्पतालमा कुनै समस्या भएमा प्रयोग गर्न सकिन्छ भनेर २ प्रतिशत फन्ड सुरु गर्ने मान्छे मै हो । त्यतीबेला अध्यक्ष गुरुङलाई त्यसमा बस्नुस् भन्दा तपाई र लेखा बस्नु भनियो । २०७४ देखि यो सुरु भयो । यसमा कुनै डक्टरले सेवा शूल्क वापत १०० रुपैयाँ पाउँछन् भने ७० रुपैया लन्छ ३० रुपैयाँ अस्पताललाई जान्छ। तर मैले २०६५ देखि ६० प्रतिशतमा काम गरिरहेको छु । ४० प्रतिशत अस्पतलालाई दिन्छु । त्यसबाट १५ प्रतिशतमा कर काटेपछि आउने रकमबाट २ प्रतिशत फन्डमा जम्मा गछौ । त्यो रकम अस्पतलाको हरेक कार्यक्रम पिकनिक, तीज, साधारणसभा वा अस्पताललाई अप्ठ्यरो पर्दा प्रयोग गर्दै आएका छौं ।’डा श्रेष्ठले भने ।

फन्डको रकम आधा अस्पतालमा र आधा कुमारी बैंकमा खाता खोलेर राखिएको छ। त्यो पैसा एक रुपैयाँ पनि आफूले व्यक्तिगत लाभका लागि उपयोग नगरेको उहाँको दाबी छ । विगत लामो समयदेखि काम गरेर अस्पतलालाई यो अवस्थामा ल्याएको अध्यक्ष गुरुङले विगतमा पटकपटक धन्यावद दिएको र डा दीपक नभई अस्पताल चलाउन सकिन्न भन्ने अध्यक्षले नै अहिले आफूले अध्यक्षमा दाबी गरेपछि अनेक षड्यन्त्र गर्दै झुटा समाचारहरु लेखाउँदै हिडेको उहाँको गुनासो छ ।

अहिलेका व्यवस्थापनबाहेक अरुलाई अध्यक्ष छोड्न तयार
‘म अब अध्यक्ष उठ्न लागेको छु । अध्यक्ष उठेर मलाई व्यक्तिगत लाभ छैन, पैसा पनि आउँदैन । तर अहिलेको व्यवस्थापनको मान्छे आए भने अस्पतला चल्दैन । अहिलेका व्यवस्थापनका सबै पदाधिकारी अध्यक्षको अनुकुलमा चल्नु हुन्छ । यतीसम्म की अस्पतलाको भ्यान समेत व्यक्तिगत काममा समेत प्रयोग गरिएको प्रमाण मसँग छ । त्यसकारण अस्पताल चलाउने हो भने  उहाँहरु बाहेक अरु जो कोही अध्यक्षमा दाबी गर्नुहुन्छ भने म ब्याक हुन तयार छु ।  मेरो इच्छा छैन । म डाक्टर हो म बिरामीको उपचारमै रमाउँछु ।’

४ महिनामा ५० लाख घाटामा
उहाँले आफ्नो इच्छा हस्पिटल र कलेज चलाउने भएको भन्दै सबैलाई साथ दिन आग्रह गर्नुभएको छ।  अनावश्यक रुपमा ६ महिनादेखि पेलेर कामै गर्न नदिएको उहाँको गुनासो छ ।


आफूले ४ महिना अस्पतलाको काम नगरेको समयमा ५० लाख घाटा परिससकेको जानकारी दिनुभयो । ‘विगतमा हरेक डाक्टरहरुले ७ गते तलब पाउने गरेकोमा अहिले २ महिना २२ दिनदेखिको तलव पाएका छैनन । मैले शहीद छोडेर अन्यत्र गएभने यहाँको भन्दा तीन गुणा पैसा कमाउन सक्छु । तर नचलेको अस्पताललाई यो अवस्थामा ल्याउने मै हो, अब फेरि शहीदलाई नै थप बलियो बनाउँछु ।’

अस्पतालका डाक्टर, नर्स, प्रशासनिक कर्मचारी श्रेष्ठको कार्यशैलीबाट भन्दा पनि अध्यक्ष गुरुङ लगायतकाको शैलीबाट वाक्क भएको पनि यहाँको दाबी छ ।

प्रकाशित मिति:     २३ पुष २०८२, बुधबार  |    Himali Khabar