काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय उद्योग तथा वाणिज्य विभाग सदस्यमा मनोनित भएका छन ।
आज सापकोटालाई पार्टी उपसभापति डिपि अर्याल र महामन्त्री कबिन्द्र बुर्लाकोटिले उक्त पत्र हस्तान्तरण गरे ।
सापकोटा विगत २ दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा कृयाशिल छन । पार्टीको नीति, बिधान र सिद्धान्त अनुसार विभागको काम गर्ने अपेक्षा गरिएको छ ।