बझाङबाट प्रतिनिधिसभा उम्मेदवारमा काङ्ग्रेसबाट हमलासहित ७ जना सिफारिस

बझाङबाट प्रतिनिधिसभा उम्मेदवारमा काङ्ग्रेसबाट हमलासहित ७ जना सिफारिस

बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले सात जनाको नाम सिफारिस गरेको छ।

पार्टीका युवा नेता नारायण हमालसहित ७ जनाको नाम सिफारिस गरेको हो । जसमा अभिषेक बहादुर सिंह, नरेश बहादुर सिंह, सत्यराज भण्डारी, सुरेश मल्ल, जगत प्रसाद जोशी, प्रकाश स्नेही, केशव राज जोशी र दिपेन्द्र जोशीको नाम प्रतिनिधि सभा सदस्यका सिफारिस गरिएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङका अनुसार
समानुपातिक तर्फ चन्दा जोशी, शान्ति महत, मुकेश धामी, सुन्दर रसाइली र शान्ति पुजारा गरी पाँच जनाको नाम पनि सिफारिस गरिएको छ।

राष्ट्रियसभा सदस्यका लागि अर्जुनजंग बहादुर सिंह र नन्दकृष्ण जोशीको नाम सिफारिस गरिएको छ।

प्रकाशित मिति:     २६ मंसिर २०८२, बिहीबार  |    Himali Khabar