काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन मिति नजिकिएसँगै अध्यक्षका प्रत्यासी फुर ग्याल्जेन शेर्पाले प्यानल निर्माणका लागि आवश्यक गृहकार्यलाई तीब्र पारेका छन् । शेर्पा प्यानलको महासचिवमा राजेन्द्र बहादुर लामा र सचिवमा चन्दन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
शेर्पाले आफ्नो प्यानललाई साझा र स्वतन्त्र प्यानल भएको दाबी गर्नुभएको छ । शेर्पाले थप प्यानल निर्माणका लागि आवश्यक छलफल भइरहेको भन्दै सक्ष्म र सबल टिम निर्माण गर्ने दाबी गर्नुभएको छ ।
एनएमए ११ सदस्यिय कार्यसमिति चयनका लागि भदौं ७ गते निर्वाचन हुँदैछ । भदौं १ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।