बिगमार्टको स्टोर धादिङको गजुरीमा

बिगमार्टको स्टोर धादिङको गजुरीमा

बिकाश रौनियार । बिगमार्टको १ सय २५ औं स्टोर पृथ्वी राजमार्ग स्थित धादिङको गजुरी बजारमा सञ्चालनमा आएको छ । बिगमार्टको १ सय २५ औं स्टोर शनिवार एक समारोहका बीच उद्घाटन गरिएको हो ।

धादिङस्थित गजुरी –१, पृथ्वी राजमार्गमा निर्मित अत्याधुनिक भवनबाट बिगमार्टको सेवा सञ्चालनमा आएको हो । बिगमार्टका ओपरेसन हेड रत्नमान महर्जनले बताए ।

महर्जनका अनुसार स्टोरले शुभारम्भको अवसरमा विभिन्न सामानहरू विशेष छुटको व्यवस्था गरेको छ।

देशभरका स्टोरमा हालसम्म करिब २ हजार ४ सय रोजगाररत छन् भने गजुरीको स्टोरमा १४ जना कर्मचारी कार्यरत रहने उनले बताए ।

कम्पनीले छिटै पृथ्वीराजमार्ग स्थित चितवनको मुग्लिङ बजारमा पनि स्टोर संचालनमा ल्याउने जनाएको छ ।

प्रकाशित मिति:     ११ श्रावण २०८२, शनिबार  |    Himali Khabar