नागढुङ्गा-नौबिसे खण्ड थप ५ दिन बन्द हुने

नागढुङ्गा-नौबिसे खण्ड थप ५ दिन बन्द हुने

काठमाडौं । त्रिभुवन राजपथ ( नागढुङ्गा-नौबिसे खण्ड) थप ५ दिन बन्द हुने भएको छ । नागढुङ्गा पिप्लामोड सडक मर्मत सुधार गर्नका लागि जेठ २५ गतेसम्म बिहान १० बजेदेखि ३ बजेसम्म सवारीसाधन रोकि काम गरिदै आएको थियो ।


तर सडक मर्मतको लागि थप समय आवश्यक परेकाले जेठ ३० गतेसम्मको समय थप गरिएको हो । सो समयमा सान्द सवारीसाधनलाई बैकल्पिक मार्ग सितापाइला- रामकोट- धार्के र समाखुसी-टाेखा छहरे- त्रिशुली-गल्छी प्रयोग गर्नपनि आग्रह गरेको छ ।

सो मार्गमा रोकिएका सवारीसाधनलाई भने ३ बजेपछि मात्र छाेडिने जनाएको छ ।

प्रकाशित मिति:     २५ जेष्ठ २०८२, शनिबार  |    Himali Khabar