एक साताभित्र खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान नखुले सबै उडान ठप्प पारिने

एक साताभित्र खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान नखुले सबै उडान ठप्प पारिने

काठमाडौं । एक साताभित्र खुम्बु क्षेत्रमा हेलिकप्टर उडान खुला नभए सोलुखुम्बुमा हुने सबै हवाई उडान ठप्प पार्ने चेतावनी वायुसेवा सञ्चालक संघले दिएको छ । संघले आगामी ९ पुसभित्र हाल हेलिकप्टर उडानमा भएको समस्या समाधान गर्ने अल्टिमेटसहितको चेनावनी दिएको हो ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हस्तार गरेको एक विज्ञप्तिमार्फत संघले भनेको छ, ‘जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले मिति आगामी माघ ११ गते सरोकारवालाहरु बीच समन्वय बैठक आव्हान गरेको छ । सो अगावै माघ ९ गते भित्रै हेलिकप्टर उडानको पूर्ण सुरक्षाको प्रत्याभूति गरी समस्या समाधान गर्नको लागि अनुरोध गरिएको छ । सो समय भित्र समस्या समाधान नभएमा सोलुखुम्बु जिल्ला भित्र उडान गर्ने स्टल सदस्य वायुसेवा कम्पनीहरुले समेत सम्पूर्ण हवाई सेवाहरु पूर्ण रुपमा स्थगन गर्नु पर्ने अवस्था सृजना हुन सक्ने व्यहोरा सबै पक्षहरुलाई जानकारी गराउदछौ ।’

हाल छोटो दूरीको उडान अवतरण गर्ने वायुसेवा (स्टल) उडानको रुपमा लुक्ला र फाप्लुमा नियमित उडान हुने गरेको छ । यी उडान स्थगित गर्ने चेतावनीसहित वायुसेवा संघले हेलिकप्टर उडानमा देखिएको समस्याको समाधान गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:     २ माघ २०८१, बुधबार  |    Himali Khabar