काठमाडौमा पाँचतारे होटल ‘मर्क्युर’ सञ्चालनमा

काठमाडौमा पाँचतारे होटल ‘मर्क्युर’ सञ्चालनमा

काठमाडौं । काठमाडौंको सुकेधारा हाइटमा स्थापना भएको पाँचतारे होटल ‘मेक्योर काठमाडौैं’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यो होटलको उद्घाटन गर्नुभएको हो ।


नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं महासंघको पर्यटन तथा हवाई यातायात समिति सभापति देशबन्धु बस्नेतले ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ । एकोरको अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड ‘मेक्योर’ को नामबाट होटल सञ्चालनमा आएको हो । बस्नेतले यो होटल ब्रान्ड नेपालमै पहिलो पटक भित्र्याएका हुन् ।

होटल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकको नेपाल भ्रमण गराउन यो होटलले योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले होटल व्यवसायमा नयाँ स्वाद दिँदै यो व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्नुभयो  ।

होटलमा लक्जरी र सुइट गरी १ सय ४ कोठा छन् । होटलमा ‘डाइन’, ‘जायका’, ‘सोप्रा इटालियानो’, ‘द कोभ’ र ‘शुक्र बार’ गरी पाँच वटा रेस्टुरेन्ट छन् ।त्यसैगरी ‘एबी सुइट–१’, ‘एबी सुइट–२’, ‘बलरुम–१’ र ‘बलरुम–२’ नामका ब्यांक्वेट हल एवं आधुनिक जिम, स्टिम, सौना, वेलनेस सेन्टर छ ।

प्रकाशित मिति:     २ माघ २०८१, बुधबार  |    Himali Khabar