काठमाडौं । नारायणहिटी नारायणस्थानका पुजारी नारायण प्रसाद पौडेललाई हटाइएको छ । नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समितिले पुजारी पदमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको, आचरणमा नरहेको लगायतका कारण देखाउँदै उनलाई पुजारीबाट हटाएको हो ।
२०७९ फागुन १७ गतेको निर्णय अनुसार उनलाई मन्दिरको पुजारीमा नियुक्त गरिएको थियो । २०८१ पुस २५ को निर्णयले गुठी संस्थान महन्त पुजारी लगायतका जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ को दफा २० अनुसार पुजारीबाट हटाइएकाले जिन्सी, नगद लगायतका सामान नयाँ पुजारी निरञ्जन रुपाखेतीलाई बुझाई दैनिक पूजा आजाको काम नरोकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।