करिब २५ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

करिब २५ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं । नेपाल सरकारको सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुगेको छ । चालु आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋण मंसिर मसान्तसम्म आइपुग्दा ५८ अर्ब ३१ करोड बढेर २४ खर्ब ९२ अर्ब ९१ करोड पुगेको हो ।

यो आँकडा नेपालको कूल गार्हस्थ उत्पादनको ४३.६९ प्रतिशत हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार मंसिर महिनामा ५८ अर्ब २४ करोड ऋण दायित्व भुक्तानी तथा २१ अर्ब २३ करोडमात्र ऋण प्राप्ति भएको र विनिमय दरमा भएको घटबढको प्रभावले कात्तिक मसान्तसम्मको तुलनामा मंसिरर मसान्तसम्ममा २५ अर्ब ६४ करोड ऋण दायित्व घट्न गएको छ ।

चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा मङ्सिर मसान्तसम्ममा ५८ अर्ब ३१ करोड थप भई कूल सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ९१ करोड पुगेको हो ।

प्रकाशित मिति:     ९ पुष २०८१, मंगलवार  |    Himali Khabar