काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ गर्दा दोब्बर लिन थालिएको छ। विमानस्थलमा सवारीधनी पार्क गरे वापत अहिले यसअघिको भन्दा दोब्बर शुल्क लिन थालिएको छ ।
अहिले विमानस्थलमा मोटरसाइकल, स्कुटरलगायत दुईपांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिरिरहेका छन् । यसअघि, दुईपांग्रे सवारीले प्रतिघण्टा २० रुपैयाँ तिर्नुपर्थ्यो । यस्तै, कार, जिपलगायत चारपांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा ८० रुपैयाँ पुगेको छ । यसअघि, यी सवारीधनीले ४० रुपैयाँ तिर्नुपर्थ्यो ।
यस्तै, माइक्रोबस, ट्याम्पोलगायत सवारीको १०० रुपैयाँ लिन थालिएको छ।