थाई एयरले थल्यो बैंकक–भैरहवा–बैंकक उडान

थाई एयरले थल्यो बैंकक–भैरहवा–बैंकक उडान

रुपन्देही । लामो समयको प्रतीक्षापछि थाई एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आइतबार आजदेखि सुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाई एयर एसियाको एअर बस ए तिन ३२० अवतरण गरेको हो ।

प्राधिकरण भैरहवा कार्यालयका निमित्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यका अनुसार पहिलो उडानमा विमानका चालक दलका ७ सदस्यहरू मात्रै आएका थिए ।

प्रकाशित मिति:     १८ कार्तिक २०८१, आईतवार  |    Himali Khabar