काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा साढे २१ लाख यात्रुले हवाई यात्रा गरेको पाइएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जुलाई २०२४ देखि सेप्टेम्बर २०२४ को बीचमा २१ लाख ७६ हजार १२६ यात्रुले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका छन् ।
कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ तीन महिनामा ११ लाख ४० हजार २४२ जना यात्रुले काठमाडौं विमानस्थलबाट सेवा लिएका छन् । यसमध्ये ५ लाख ४६ हजार १५६ जना काठमाडौं विमानस्थलमा अवतरण गरे । काठमाडौंबाट ५ लाख ९४ हजार ८६ जना यात्रु उडेको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ । तीन महिनामा काठमाडौंमा ८ हजार ३३ वटा उडान–अवतरण भएका छन् ।