टान निर्वाचन : महासचिवको दाबीबाट राम बञ्जरा ब्याक, राजेन्द्र सुवेदीलाई सघाउने

टान निर्वाचन : महासचिवको दाबीबाट राम बञ्जरा ब्याक, राजेन्द्र सुवेदीलाई सघाउने

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन टानको भदौं १७ मा हुने निर्वाचनमा महासचिवको दाबेदारीबाट प्रस्तुत गर्दै आएका रामप्रसाद बञ्जारा ब्याक भएका छन् । उनले कांग्रेस–एमाले प्यानलबाट महासचिवको उम्मेदवार बनेका राजेन्द्र प्रसाद सुवेदीलाई समर्थन गर्दै आफ्नो दाबीबाट ब्याक भएका हुन ।

ठमेलका आज आयोजिक एक कार्यक्रममा उनले महासचिवमा सुवेदीलाई समर्थन गर्ने घोषणा गरेका हुन । सुवेदीले एमाले–कांग्रेस गठबन्धनको उम्मेदवारलाई बिजयी गराउन दाबी फिर्ता लिएर आफूलाई सहयोग गरेकोमा बञ्जरालाई धन्यवाद व्यक्त गरे ।

सुवेदी र बञ्जारा दुबै लोकतान्त्रि व्यवसायी हुन । त्यती मात्र नभई दुबै धादिङको समेत रहेकाले यी दुईको प्रतिस्पर्धाले सागर पाण्डे समूहको महासचिवको दाबेदार सोनाम ग्याल्जेन शेर्पालाई फाइदा पुग्ने आकलन पर्यटन बजारमा थियो ।

प्रकाशित मिति:     १० भाद्र २०८१, सोमबार  |    Himali Khabar