नाट्टाको नयाँ नेतृत्व चयनका लागि जेठ २५ मा निर्वाचन

नाट्टाको नयाँ नेतृत्व चयनका लागि जेठ २५ मा निर्वाचन

काठमाडौं । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) मा नयाँ नेतृत्व चयनका लागि जेठ १५ मा निर्वाचन हुने भएको छ। नाट्टा कार्यसमितिको बैठकले ५७ औं बार्षिक साधारण सभा एवम् नयाँ कार्यसमिति चयनका लागि जेठ २५ मा मिति तय गरेको हो ।

साधारण सभा एवम् निर्वाचनमा सहभागि हुनका लागि एक साता भित्र सदस्यता नविकरण गराउनुपर्ने छ । वैशाख २७ भित्र सदस्यता नविकरण गराइसक्न नाट्टाले आग्रह गरेको छ । तोकिएको मितिभन्दा पछि नविकरण गर्ने सदस्यले मत हाल्न पाउने छैनन ।

प्रकाशित मिति:     २१ बैशाख २०८१, शुक्रबार  |    Himali Khabar