१८ खर्बको बजेटको स्रोत खै ?

१८ खर्बको बजेटको स्रोत खै ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १८ खर्बको सिलिङमा आउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी १८ खर्ब बजेट सिलिङ रहेको जानकारी दिए । स्रोत समितिको बैठकले १८ खर्बको सिलिङ दिएको महतले बताए ।

यसअघि डा. महतले अर्धवार्षिक समीक्षामार्फत चालू बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका थिए । चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको अर्थमन्त्रीले बताएका थिए ।

चालू आर्थिक बर्षमै १४ खर्बको राजस्व संकलनको लक्ष्य राखेको सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकिरहेको छैन । आगामी बर्षको लागि १८ खर्बको बजेट ल्याउन पनि स्रोतको अभाव हुने देखिन्छ ।

प्रकाशित मिति:     ५ फाल्गुन २०८०, शनिबार  |    Himali Khabar