बजेटको आकार दुई खर्ब २१ अर्ब चार करोडले घटाइयो

बजेटको आकार दुई खर्ब २१ अर्ब चार करोडले घटाइयो

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को बजेट अनुमान दुई खर्ब २१ अर्ब चार करोड ५९ लाख रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको अनुमान संशोधन गरेको हो । चालू आवमा अर्थमन्त्री प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको खर्च अनुमान गरेका थिए । तर, अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रीले यसलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख मात्रै खर्च हुने नयाँ अनुमान सार्वजनिक गरेका हुन् । यो सुरुवाती विनियोजनको ८७.३८ प्रतिशत हो ।

६ महिनाको खर्च गर्ने प्रवृत्ति र यसको स्रोत संकलन लक्ष्यअनुसार हुन नसकेपछि मन्त्रालयले अनुमान संशोधन गरेको हो । संशोधित लक्ष्यअनुसार चालूतर्फको बजेट १० खर्ब सात अर्ब ४५ करोड ४६ लाख र पुँजीगततर्फ दुई खर्ब ५४ अर्ब १३ करोड १९ लाख छुट्याएको छ । त्यस्तै, वित्तीय व्यवस्थातर्फ दुई खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख खर्च गर्ने अनुमान छ ।

प्रकाशित मिति:     १ फाल्गुन २०८०, मंगलवार  |    Himali Khabar