काठमाडौं । साधारण सभाका लागि सदस्यको हस्ताक्षर भेरिफिकेशन(प्रमाणीत) गराउन निवेदन परेको छ । ६ पुषमा नेशनल हाईड्रोपारको साधारण सभा मीति तोकिएको छ । झुठा तथा नक्कली प्रोक्सी हस्ताक्षर संकनल गरेर साधारण सभा गर्न लागिएको भन्दै सदस्यको हस्ताक्षर प्रमाणित गराउनुपर्ने निवेदन परेको हो ।
ग्लोबल आई.एम. ई क्यापिटल मार्केटको शेयर रजिष्टेड विभागलाई सम्बोधन गरेर लेखिएको निवेदनमा नेशनल हाइड्रो पावर कम्पनि लिमिटेडको शेयर रजिष्र्टड ग्लोबल आई.एम.ई क्यापिटल मार्केट ले नै हस्ताक्षरको सक्कलता प्रमाणिकरण गरेर मात्र साधारण सभाको कार्यक्रम गर्नुपर्ने माग गरिएको छ ।
साधारण सभामा हुने मतदानमा नक्कली हस्ताक्षर मार्फत मतदान हुने संकेत देखिएको भन्दै शेयर सदस्यले यस्तो रोक्न निवेदन दिएका हुन् ।
‘नेशनल हाइड्रो पावर कम्पनि लिमिटेडको यही मिति २०८०।०९।०६ गते हुन गईरहेको २७ औं साधारण सभामा झुठा तथा नक्कली प्रोक्सी मत संकलन गरी साधारण सभा सम्पन्न गर्ने देखिएको हुनाले त्यस्ता झुठा तथा नक्कली प्रोक्सी मतलाई कडा निगरानी गरी ति सबै प्रोक्सी मतहरुको सिग्नेचर भेरिफिकेशन गर्ने कार्य नेशनल हाइड्रो पावर कम्पनि लिमिटेडको शेयर रजिष्र्टड तपाई श्री ग्लोबल आई.एम.ई क्यापिटल मार्केट ले नै सक्कलता प्रमाणिकरण गरेर मात्र सो साधारण सभाको आरम्भको प्रक्रियालाई अगाडि बढाउन भनी निवेदन सादर अनुरोध गर्दछु,’ निवेदनमा लेखिएको छ ।
झुठा तथा नक्कली हस्ताक्षरको भरमा साधारण सभामा मतदान भएका कानुनी कारबाहीका लागि अगाडि बढ्ने पनि शेयर सदस्यहरुले चेतावनी दिएकाछन् ।