मंसिर २९ गतेसम्म गाडी, मोबाइल, मदिरा र मोटरसाइकल ल्याउन नपाइने

मंसिर २९ गतेसम्म गाडी, मोबाइल, मदिरा र मोटरसाइकल ल्याउन नपाइने

काठमाडौं । सरकारले महंगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाब कायमै रहेको राय दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरेको हो। सोही अनुसार मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरिसकेको छ।

विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप, कार भ्यानको आयात प्रतिबन्धन २९ मंसिर बिहीबारसम्म निरन्तर हुने उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन्।

सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो।

उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो। तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो।

प्रकाशित मिति:     २९ आश्विन २०७९, शनिबार  |    Himali Khabar