WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-18e4-97cdb3-1859b.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `wp_options`

WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-18e4-97cdb3-1859c.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `wp_options`

WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-18e4-97cdb3-1859d.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `wp_options`

WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-18e4-97cdb3-1859e.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `wp_options`

WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-18e4-97cdb3-1859f.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `wp_options`

WordPress database error: [Can't create/write to file '/tmp/#sql-temptable-18e4-97cdb3-185a0.MAI' (Errcode: 30 "Read-only file system")]
SHOW FULL COLUMNS FROM `wp_options`

Himali Khabar आईपीओमा १० कित्ता नीति के परिवर्तन गर्ने बेला भएकै हो ? – Himali Khabar
आईपीओमा १० कित्ता नीति के परिवर्तन गर्ने बेला भएकै हो ?

आईपीओमा १० कित्ता नीति के परिवर्तन गर्ने बेला भएकै हो ?

काठमाडौं, १८ फागुन । गएको शुक्रबार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भयो । धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गोलाप्रथाबाट आईपीओको बाँडफाँड गरेको हो ।

गोलाप्रथाबाट ३७ हजार पाँच सय लगानीकर्ताले १० कित्ताका दरले सेयर पाए । बाँकी १४ लाख ९८ हजार ८ सय ८२ आवेदकको हात खाली भयो ।

यो आईपीओमा कुल १५ लाख ४० हजार ३५ आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५ सय ९० कित्ता माग भएको थियो ।

महिलाले कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। त्यसमध्ये ३ लाख ७५ हजार कित्तामा मात्र सर्वसाधारणले आवेदन दिए थिए ।

पछिल्लो समय आईपीओमा आवेदन दिनेहरुको संख्या ह्वातै बढेसँगै १० कित्ताका दरले बाँडफाँड गर्दा पनि लाखौ लगानीकर्ताहरुको हात खाली हुने गरेको छ । बढ्दो लगानीकर्ताको संख्यालाई मध्यनजर गर्दै बजारमा आइपीओमा युनतम १० कित्ता शेयर बाँडफाँड गर्ने नीतिलाई परिमार्जन गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ ।

पछिल्लो समय थोरै पूँजी भएका कम्पनीहरुले जारी गर्ने आइपीओमा लगानीकर्ताले १० कित्ता शेयर पाउन पनि गाह्रो छ । १० कित्ता नीतिले पूँजी बजारको दायरा बढाएको भएपनि सरोकारवालाहरुसँगको छलफलबाट त्यसलाई परिमार्जन गर्ने की भन्ने योजनामा नेपाल धितोपत्र बोर्ड समेत पुगेको छ। बोर्ड अध्यक्ष भिष्मराज ढुंगानले १० किता नीतिको फाइदा भन्दा बेफाइदा धेरै हुन थालेको महसुश धेरै लगानीकर्ताहरुले गर्न थालेको भन्दै अब यो नीतिमा परिमार्जन आवश्यक रहेको बताए ।

तर यो नीति तत्काल परिमार्जन गर्ने बेला नभएको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । यो व्यवस्थाले हरेकको हात हातमा शेयर पु¥याउने अवस्था सृजान गरेको भन्दै १० कित्ते भनेर हतोत्साही गर्नु नहुने उनको भनाई छ। सरकारले यो व्यवस्था हटाउने भन्दा पनि थप सहज कसरी बनाउने भन्ने तिर ध्यान दिन आग्रह गरे ।

अरु केही लगानीकर्ता भने दुई दशक अगाडि लगानीकर्ता मुश्किलले २० हजार हुने बेलामा राखिएको यो व्यवस्था अहिले ३० लाख लगानीकर्ता पुगिसक्दा पनि निरन्तरता दिनुले खासै महत्त्व नराख्ने निश्कर्षमा छन् ।

नेपाल स्टक एक्सचेञ्वज (नेप्से) का अनुसार डिम्याट खाता खोल्नेको संख्या २० लाख छ भने अनलाइन शेयर कारोबारका लागि ४ लाखको हाराहारीले युजर नेम र पासवर्ड लिइसकेका छन् ।

प्रकाशित मिति:     १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar