निर्वाचनका बेला सामाजिक सञ्जालमा के गर्न पाइँदैन ?

निर्वाचनका बेला सामाजिक सञ्जालमा के गर्न पाइँदैन ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगमा पनि कडाइ गरेको छ ।

बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ का कतिपय व्यवस्था सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पालना गर्नुपर्नेछ । ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचार संहिता लागू हुने दिन भने आयोगले पछि तोक्नेछ ।

आयोगले तोकेको मितिपछि भने सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण राख्ने जस्ता काम गर्न पाइने छैन ।

आयोगले सामाजिक सञ्जालभित्र एसएमएस, फेसबुक, मेसेञ्जर, भाइबर, ट्वीटर, यूट्यूब, इन्स्टाग्राम, ब्लग, गुगल प्लस, टिकटक, ह्वाट्स एप, इमो, वीच्याट, लिन्क्ड्इन, टमलरजस्ता प्लेटफार्मलाई उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन पाइने छैन ।
कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन पाइने छैन ।

प्रकाशित मिति:     ४ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar