दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

सुर्खेत । दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई पाँच हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

पीडितको बयानका आधारमा पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । भिडियोको आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो । तर पीडितले नै वडाध्यक्षको गल्ती नभएको बयान दिएकाले गलत नियत नभेटिएपछि धरौटीमा छोडिएको बताइएको छ ।

प्रकाशित मिति:     २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar