निषेधाज्ञामा हिड्न फोटो स्टुडियोमै किर्ते सवारी पास समेत बनाईएको फेला

निषेधाज्ञामा हिड्न फोटो स्टुडियोमै किर्ते सवारी पास समेत बनाईएको फेला

बारा । किर्ते सवार पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका स्थित दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरका संचालक कलैया उपमहानगरपालिका ३० वर्षीय गोपाल प्रसाद साह र सोही उपमहानगरपालिका २१ वर्षीय जयनारायण प्रसाद जैसवाल रहेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाडौंतर्फ आउदैं गरेको उक्त गाडीको कागजातहरु जाँच गर्ने क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखत समेत किर्ते गरी बनाइएको नक्कली सवारी पास सहित फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा उक्त किर्ते पास गोपाल प्रसादको फोटो स्टुडियोबाट बनाएको खुल्न आएपछि उक्त स्टुडियो तलासी गर्दा ३ थान नक्कली सवारी पास तथा उक्त पास बनाउन प्रयोग गरिएका २ थान प्रिन्टर, १ थान सिपियू र १ थान मनिटर सहित फेला पारी गोपाल प्रसादलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति:     २८ असार २०७८, सोमबार  |    Himali Khabar