सप्तरीमा विदेशमा राम्रो काम नपाएको भन्दै पैसा माग्न गएका आफ्न्त एजेन्टका परिवारबीच झडप

सप्तरीमा विदेशमा राम्रो काम नपाएको भन्दै पैसा माग्न गएका आफ्न्त एजेन्टका परिवारबीच झडप

काठमाडौं । वैदेशिक रोजगारीमा राम्रो काम नपाएको भन्दै पैसा फिर्ता माग्न गएका आफन्त र एजेन्टका परिवारबीच झडप हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका ९ लालपट्टीका ५८ वर्षीय मोहम्मद दाउद मियाँ छन्।

झडप हुँदा टाउकोमा चोट लागेका उनको छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। टोलमा बिहीबार राति साढे ११ बजे दुई पक्षबीच झडप भएको थियो। झडप हुँदा अर्को पक्षले चिर्पट र बाँसको भाटाले मियाँको टाउकोमा प्रहार गरेका थिए।

गम्भीर घाइते भएका मियाँलाई अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो। डिएसपी काफ्लेका अनुसार मृतकको शव परिवारले बुझिसकेका छन्। झडपमा संलग्न अर्को पक्षका मानिस भने फरार छन्। उनीहरूको खोजी भइरहेको छ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar