स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ ।

सामान्य विवादमा स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

गत शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएबेला वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको प्रहरीले जनाएकोछ ।

प्रकाशित मिति:     १२ असार २०७८, शनिबार  |    Himali Khabar