जसपाले लुम्बिनी प्रदेश सभामा तीन सांसदलाई पुनः निष्काशन गर्यो

जसपाले लुम्बिनी प्रदेश सभामा तीन सांसदलाई पुनः निष्काशन गर्यो

बुटवल । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सभाका तीन जना सांसदलाई पुनः निष्काशन गरेको पत्र पठाएको छ। पार्टीको निर्णय विपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरूलाई फेरि निष्काशन गरेको हो।

सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई जसपा अध्यक्ष उपेन्द्र यादवले यसअघि पनि वैशाख १६ गते प्रदेश सभा सदस्य र पार्टीबाट निष्काशन गरेका थिए। पार्टीले प्रदेशसभा सदस्यबाट निष्कासन गरेको भन्दै तीनै जना सर्वोच्च अदालत पुगेपछि सर्वोच्च अदालतले जेठ ३ गते परमादेश जारी गर्दै अर्को निर्णय नहुँदासम्म प्रदेशसभा सदस्यमा कायम राख्न भनेपछि प्रदेश सभा सदस्यमा पुनर्बहाली भएका थिए।

प्रकाशित मिति:     १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar