नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

नवलपरासी । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् । पक्राउ पर्नेहरुमा अध्यक्ष सापकोटासहित ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, नक्कली बावु बनेका ५२ वर्षीय सफि अल्ला मिया, वडा सदस्य पवित्रा सापकोटा र चारजना साक्षीहरू रहेका छन् ।

गैँडाकोट नगरपालिका वडा नं.६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले २०७७ चैत १ गते पहिचान बिनै वंशजका आधारमा नागरिकता बनाउन झुठो विवरण पेश गरी नक्कली सिफारिस बनाइदिएका थिए ।

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar