घरघरबाट फोहोर किन्दै घोराही उपमहानगर, किलोको १० देखि २० रुपैयाँसम्म

घरघरबाट फोहोर किन्दै घोराही उपमहानगर, किलोको १० देखि २० रुपैयाँसम्म

उखुरी। घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ। बोतल र गुटखाका खोलमा पैसा आउन थालेपछि नगरबासी दंग छन्।


गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ। केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले गत शुक्रबारदेखि घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो।

घोराही–१४ नयाँ बसपार्कको जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहर ब्यवस्थापन निकै समस्या थियो । हरेक बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनपर्ने झञ्झट हुने गर्थ्यो। पहिलो पटक फोहर बेचेकी रोकाले २० केजीको २५० रुपैयाँ पाइन। फोहरले आम्दानी हुने भएपछि उनी खुसी छन्।

वर्षदेखि उपमहानगरभित्रको फोहर खरिद गर्ने नीति लिएपछि बिक्री गर्ने प्रतिस्पर्धा नै चलेको छ । चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहर खरिद गर्न शुरु गरेको थियो। अहिलेसम्म झण्डै २० हजारको फोहर खरिद गरिएको वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए।

प्रकाशित मिति:     २६ असार २०७८, शनिबार  |    Himali Khabar