कपिलवस्तुको शिवराज-३ मा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिने

कपिलवस्तुको शिवराज-३ मा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिने

कपिलबस्तु । पूर्व राजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि कपिलवस्तु आउनु हुने भएको छ ।

शिवराज नगरपालिका- ३ खरेन्द्रपुर चोकमा स्थापना गरिएको सालिक अनावरणको पूर्व राजा शाह कपिलवस्तुको आउनु हुने शिवराज नगरपालिकाका नगर प्रमख अजय थापाले जानकारी दिनुभयो । पुस १४ गते शिवराजको खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न लागिएको हो ।

नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निमार्ण गरेको हो ।पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारीका सबै पुरा भएको थापाले बताउनुभयो ।

नेपाल एकिरण गरेर नेपाललाई बिश्वभर चिनाउने काम गर्नु भएको शाहको इतिहास सधै सम्झनाको लागि शालिक निमार्ण गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।

पूर्व राजा शाहले शिवराज नगरपालिकामा रहेको स्वर्गद्धारी आश्रममा पुजा गर्ने र पुजा गरेपछि सालिको अनावरण गर्ने कार्यक्रम रहेको छ

प्रकाशित मिति:     २ पुष २०८०, सोमबार  |    Himali Khabar