कास्की । पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ। कोरोना संक्रमण बढेसँगै अस्पतालमा अक्सिजन अभाव हुन थालेकाले अक्सिजन बैंक स्थापना गरेको हो।
गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा पोखरामा क्रियाशील विभिन्न सात रोटरी क्लबले अक्सिजन बैंक स्थापना गरेका हुन्।
अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुु¥याउने गरी बैँक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन्।
अटो मेकानिकल वर्कसपहरुमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालहरुमा उपलब्ध गराउने गरी अक्सिजन बैँक स्थापना गरिएको उनले बताइन्।