तार्केश्वरमा करिब ५० करोडको बजेट : शिक्षा,स्वास्थ्य, कृषि र पूर्वाधार विकास मुख्य प्राथमिकतामा

तार्केश्वरमा करिब ५० करोडको बजेट : शिक्षा,स्वास्थ्य, कृषि र पूर्वाधार विकास मुख्य प्राथमिकतामा

नुवाकोट । नुवाकोटको ताकेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले शुक्रबार सातौं नगरसभामा आगामी आर्थिक वर्षको लागि ४९ करोड ८९ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । संघीय र प्रदेश सरकारबाट विनियोजित रकम बमोजिम हुने गरी बजेट गाउँसभामा पेश गरिएको हो ।

आगामी आर्थिक वर्षमा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि सहित पूर्वाधार विकास, सहकारी, न्यायिक समिति, सस्थागत विकास तथा सेवा प्रवाह, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायतको विषयलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

कृषि क्षेत्रका लागि उर्बरभुमिको पहिचान, कृषि पकेट कार्यक्रम, एक गाउँ एक उत्पादन अभियान जस्ता विषय समावेश भएका छन् । यस्तै शैक्षिक गुणस्तर वृद्धिका लागि एक वडा एक नमुना विद्यालय निर्माण गरिने उल्लेख छ । विद्यालयमा इन्टरनेटको पहुच बृद्धि गरी प्रविधि मैत्री शिक्षामा जोड दिइनुका साथै जेहन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरिएको छ ।

बजेटमा स्वास्थ क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखिएको छ । पालिका भित्रको सबै स्वास्थ्य चौकीमा ल्याब र प्रसुती सेवा विस्तार गरी जेष्ठ नागरिक, द्धन्द पीडित, शहिद परिवार र दीर्घ रोगीहरुलाइ निशुल्क स्वास्थ्य सेवाको विस्तार गरिने उल्लेख छ ।

ग्रामीण सडकहरूकाे स्तरोन्नति लगायत अन्य पुर्वाधार विकास, खानेपानी सुविधा उपलब्धताका लागि पनि बजेट बिनियोजन गरिएको छ ।

प्रकाशित मिति:     १० असार २०७९, शुक्रबार  |    Himali Khabar