पैयुटारमा मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल भत्कदा बस्ती नै जोखिममा

पैयुटारमा मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल भत्कदा बस्ती नै जोखिममा

काठमाडौं । काठमाडौंकाे तारकेश्वर नगरपालिका वडा नम्बर ६ स्थित पैयुटारको बोगटीबस्ती नजिकै मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल भत्कदा बस्ती नै जोखिममा परेको छ । बर्षाको कारण पर्खाल भत्कदा केहि बस्ती जोखिममा परेका हुन ।

स्थानीय उद्वव बोगटीले मापदण्ड विपरीत पर्खाल निर्माण गरेको र अझ त्यसमा पनि जग्गा सम्याउन माटाे थपेपछि भार थेग्न नसकेर पर्खाल भत्किएको हो । थप क्षती नहोस भनेर अहिले यो क्षेत्रलाई त्रिपालले छोपेर राखिएको एक स्थानीयले जानकारी दिए ।

बर्षा अझै बाकी नै रहेकाले यस्ले गर्दा बस्तीमा थप क्षती हुने हो कि भन्ने चिन्तामा स्थानीय छन् । तर उनले भने यसबारे कतै खबर नगर्न भन्दै २ महिनापछि मात्र बनाउने आश्वासन दिएका छन् ।

प्रकाशित मिति:     ५ असार २०७९, आईतवार  |    Himali Khabar