तारकेश्वर भित्रका अवैध क्रसर र बालुवाखानी बन्द गराउन गाउँपालिकाको पत्राचार

तारकेश्वर भित्रका अवैध क्रसर र बालुवाखानी बन्द गराउन गाउँपालिकाको पत्राचार

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको कार्यपालिका बैठकले अवैध रुपमा संचालनमा रहेका क्रसर तथा बालुवाखानी तत्काल बन्द गर्ने निर्णय गरेको छ । हिजो बसेको कार्यपालिकाको बैठकले सर्वसम्मत रुपमा अवैध क्रसर र बालुवाखानी बन्द गर्ने निर्णय गर्दै सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ ।

बर्खायाम लागेसँगै त्रिशुली नदीमा अवैध क्रसर तथा बालुवाखानी उत्खन्न हुने गर्छ ।

योसँगै उक्त बैठकले यस सम्बन्धि कार्यविधि बनाउन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएको छ । प्रशासकिय अधिकृत नेतृत्वको समितिले कार्यविधि अनुसार आगामी दिनमा थप निर्णय गर्ने जनाइएको छ।

यस्तै हिजै बसेको कार्यपालिका बैठकले कार्यपालिका अन्तर्गतका विभिन्न विभागहरु समेत गठन गरेको छ ।

प्रकाशित मिति:     २७ जेष्ठ २०७९, शुक्रबार  |    Himali Khabar