तारकेश्वर गाउँपालिकामा २४ घण्टे नि:शुल्क टाेल फ्री टेलिफोन सेवा सुरु

तारकेश्वर गाउँपालिकामा २४ घण्टे नि:शुल्क टाेल फ्री टेलिफोन सेवा सुरु

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले २४ घण्टे नि:शुल्क हटलाईन टाेल फ्री टेलिफोन सेवा सुरु गरेको छ । गाउँपालिका कार्यालय दाङसिङमा आज अध्यक्ष शिव अधिकारीले सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

१६६००१४५२२२ मा नि: शुल्क फोन गर्न सक्नेछन् । गाउँ कार्यपालिकाको पहिलो बैठकले सेवा केन्द्र सन्चालनमा ल्याउने निर्णय गरेको थियो ।

नागरिकले सल्लाह, सुझाव र जुनकुनै गुनासोलाई चौबीसै घण्टा फोन गरेर टिपाउन सक्ने छन् । नागरिकबाट आएका गुनासोको गाम्भिर्यता हेरेर तत्कालीन र दीर्घकालीनरुपमा सम्बोधन गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । यसले नागरिक र जनप्रतिनिधिबीचको सम्बादलाई अझ सहज बनाइए नागरिकको हितमा काम गर्न ठुलाे टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति:     २६ जेष्ठ २०७९, बिहीबार  |    Himali Khabar