विकास कसरी गर्न सकिन्छ भन्ने उदाहरण बूढानीलकण्ठलाई बनाउछु : बालकृष्ण श्रेष्ठ

विकास कसरी गर्न सकिन्छ भन्ने उदाहरण बूढानीलकण्ठलाई बनाउछु : बालकृष्ण श्रेष्ठ

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका नेता बालकृष्ण श्रेष्ठ उम्मेदवार बनेका छन ।
नेकपा एमालेको तर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी यो नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा निर्वाचित भएका थिए ।

वडा अध्यक्षमा रहदा गरेको धेरै कामको कारण उनलाइ बलियो दावेदारको रुपमा हेरिएको छ । अन्य उम्मेदवारको तुलनामा उनी सामाजिक सकृयता र अनुभवी,कुशल इमान्दार ,जनसमर्पित एवं जनसेवक उत्तरी भेगका कम्युनिष्ट पार्टीका कार्यकर्ता पुराना श्रेष्ठ स्वास्थ्य,शिक्षा ,खेलकुद,वातावरण,सरसफाई,धार्मिक,सामाजिक आदि हरेक क्षेत्रमा कृयाशील सामाजिक अभियन्ता हुन।‌‌

कोरोनाको समयमा रात दिन नभनी खटेर गरेको कामबाट सबैको मनमा बस्न सफल भएका छन् । उनले एक पटक आफुलाई अत्याधीक मतले विजयी गराएर नगरपालिकाका नागरिकको सेवा गर्ने अवसर दिन सबैलाई आग्रह गरेका छन् । `विकासको म मोडल त भन्दीन तर समाजका साना- ठुला समस्या म समाधान गरि विकास कसरी गर्न सकिन्छ म उदारण यो नगरलाई बनाउन चाहन्छु ।´ उनले भनेका छन ।

प्रकाशित मिति:     २४ बैशाख २०७९, शनिबार  |    Himali Khabar