बेलकोटगढीकाे समग्र विकासका लागि मेयरमा मेरो उम्मेदवारी : सोम तामाङ

बेलकोटगढीकाे समग्र विकासका लागि मेयरमा मेरो उम्मेदवारी : सोम तामाङ

नुवाकोट । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयरमा युवा तथा समाजसेवी, पिपल चौतारी युवा क्लवका अध्यक्ष सोम तामाङले आमूल परिवर्तन मसिह पार्टीबाट उम्मेदवारी दिएका छन् ।

स्थानीय क्षेत्रको विकासका लागि युवा नेतृत्व खाचो रहेको भन्दै उनले उम्मेदवारी दिएका हुन । मेयरका दावेदार तामाङ बेलकोटगढी नगरपालिका वडा ४ सालखर्क,नुवाकोट स्थानिय हुन । उनले विगत लामो समयदेखी बेलकाेटगढिकाे विकासमा काम गर्दै आएका छन् ।

उनकै पहलमा अहिले नगरपालिकाको दियालेमा खानेपानी परियोजना सञ्चालन भैरहेको छ । यसबाट नगरपालिकाका ६७ घरपरिवार लाभान्वित हुनेछन् । यस्तै सालखर्क र आसपासको क्षेत्रको विकास र समृद्धिका लागि उनकै पहलमा स्थानीय युवाहरूलाई जेसिवि मेसिनसमेत प्रदान गरिएको छ ।

यी बहेक उनले स्थानीय स्तरमा हुने विकास निर्माण, शिक्षा, स्वास्थलगायतमा पनि सहयोग गर्दै आएका छन् । कोरोना महामारीको समयमा पनि उनले स्थानीयलाई आवश्यक सहयोग प्रदान गरेका थिए ।

प्रकाशित मिति:     १६ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar