बेलकोटगढी नगरपालिका -४ दियालेमा खानेपानी परियोजना सन्चालन हुँदै

बेलकोटगढी नगरपालिका -४ दियालेमा खानेपानी परियोजना सन्चालन हुँदै

नुवाकोट । लिभिङ वाटर नेपालको आर्थिक सहयोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका -४ दियालेमा खानेपानी सुविधा उपलब्ध गराइने भएको छ । यसबाट दियाले लगायत अन्य आसपास क्षेत्रका ६७ घरधुरी लाभान्वित हुनेछन्।

त्यसका लागि ११ लाख ४३ हजार ५१० रुपैयाँ बजेट छुट्याइएको छ।

आज एक कार्यक्रमको बिच सहयोगी संस्था र श्री दियाले सिक्रेपिपल खानेपानी तथा सरसफाइ उपभोक्ता समितीबिच बजेट सम्झौता भएको छ। कार्यक्रममा समितीका अध्यक्ष चन्द्रबहादुर तामाङले अब कार्यक्रम निर्माणका लागि तिब्र रूपमा अगाडि बढाउने बताए।

यो परियोजना बेलकोटगढी-४ सालखर्कको पिपल चौतारी युवा क्लबका अध्यक्ष तथा समाजसेवी सोमबहादुर तामाङको पहलमा ल्याइएको हो स्थानीहरुका लागि पिउने पानी समस्या समाधान गर्ने हेतुले आफुले चिनेजानेका संघ संस्थामा सम्पर्कमा रहि कार्यक्रम ल्याउन सकेकोमा उनले खुशी व्यक्त गरे ।

यस्तै सहयोगी संस्था लिभिङ वाटर नेपालका कार्यकारी निर्देशक विजय गुरुङले संस्थाले विभिन्न जिल्लाका गाउँहरुमा आफुहरुले काम गर्दै आइएको भन्दै नुवाकोटमा पनि परियोजना सन्चालन गर्न पाउदा खुशी व्यक्त गरे ।

प्रकाशित मिति:     १८ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar