धादिङ कांग्रेसका निवर्तमान सभापति धमला केन्द्रिय सदस्यको उम्मेदवार

धादिङ कांग्रेसका निवर्तमान सभापति धमला केन्द्रिय सदस्यको उम्मेदवार

काठमाण्डौ । नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको विभिन्न तह र तप्कामा सक्रिय राजनीति गर्दै आएका धमला नेपाली कांग्रेस विदेश विभाग सदस्यको रुपमा समेत काम गरिसकेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै जाँदा केन्द्रिय सदस्यका लागि निर्वाचनमा होमिएका धमलाले नेपाली कांग्रेसको सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टी भित्रको लोकतन्त्र संस्थागत गर्नको लागि असल नेतृत्व आवश्यक रहेको भन्दै असल नेताको पार्टी बनाउन, आगामी प्रतिनिधी सभाको निर्वाचनमा कांग्रेस पार्टीलाई भरोसायोग्य पार्टीको रुपमा विकास गर्न, सिनियर नेतालाई सम्मान गर्दै नयाँ पुस्तामा कांग्रेस पार्टीप्रति भरोसा श्रृजना गर्न उम्मेदवारी घोषणा गरेको बताए ।

आफू निकट नेता कार्यकर्ताहरुसँगको परामर्शबाटै उम्मेदवारी दिएकाले पार्टीमा असल चरित्र भएका व्यक्तिहरुलाई भोट दिन कन्जुस्याई नगर्न पनि सबैलाई आग्रह समेत गरे । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।

प्रकाशित मिति:     २२ मंसिर २०७८, बुधबार  |    Himali Khabar