नवनिर्वाचित सभापति महतलाई जिपि फाउन्डेसन नुवाकोटद्वारा बधाई तथा शुभकामना

नवनिर्वाचित सभापति महतलाई जिपि फाउन्डेसन नुवाकोटद्वारा बधाई तथा शुभकामना

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसन नुवाकोटले नवनिर्वाचित नेपाली कांग्रेस नुवाकोट सभापति रमेशकुमार महतलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । फाउन्डेसन राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरि सभापति महतलाई सफल कार्यकालको लागि शुभकामना प्रदान गरेको हो ।

नवनिर्वाचित महतले पार्टी संगठनलाई मजबुत बनाएर पार्टीका सबै तह र विभागलाई सशक्त बनाउने अभियानमा आफु लागिसकेको बताए । पार्टी भित्रका गुटउपगुटलाई अन्त्य गरी कांग्रेसलाई मजबुत बनाउन सबैको भुमिकालाई सम्मानपूर्ण ढंगले अघि बढाउने बताए ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रमेश कुमार पाठकले संगठनका पार्टीमा लागेका व्यक्तिहरुलाई सम्मान गर्दै हौसला बढाउन आफुहरु अग्रसर भएको बताउँदै सामाजिक काम गर्ने अभियन्ताहरुलाई पनि सँगै अगाडी लिएर जाने बताए ।
नेपाली कांग्रेस नुवाकोटका युवा नेता तथा फाउन्डेसनका जिल्ला उपाध्यक्ष शिव अधिकारी अबिरलले फाउन्डेसनका गतिबिधीलाई अझ सशक्त बनाउँदै लैजाने बताउदै सामाजिक कामहरुमा युवाहरुलाई उत्साह भर्ने कार्यमा आफु लागिरहने जानकारी पनि दिए ।

कार्यक्रममा रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान)का निर्वतमान अध्यक्ष केदार तामाङ, नेपाली कांग्रेसका महासमिति सदस्य सरस्वती मल्ल श्रेष्ठ, बोधिसत्व बिहारका कार्यक्रम संयोजक शान्त शर्मा लगायत बिद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:     १६ मंसिर २०७८, बिहीबार  |    Himali Khabar