२ दशकपछि नुवाकोट काङ्ग्रेसमा केसी प्यानल सबैभन्दा कमजोर

२ दशकपछि नुवाकोट काङ्ग्रेसमा केसी प्यानल सबैभन्दा कमजोर

काठमाडौं । नेपाली काङ्ग्रेस नुवाकोटमा विगत २ दशकभन्दा लामो समयदेखि एकछत्र राजगर्दै आएको केसी प्यानल अहिले निकै कमजोर बनेको छ । १४औ अधिबेशनबाट केसी प्यानलले एउटा पनि मुख्य पदमा जित निकाल्न सकेन।

जिल्ला अधिबेशनमा प्यानलै पराजित भएको छ । दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेशसभा क्षेत्रको मुख्य पदमा केसी पक्षले जित निकाल्न सकेन । यो पटक जिल्ला सबै मुख्य पदमा महत–लामा पक्षले कब्जा जमाए।

केन्द्रमा देउवा समूह र पौडेल समूह भएपनि नुवाकोटमा केसी (अर्जुननरसिंह केसी) र महत (रामशरण महत–प्रकाशशरण महत र बहादुर सिंह लामा) समूह रहेको छ ।

प्रकाशित मिति:     ११ मंसिर २०७८, शनिबार  |    Himali Khabar