नुवाकोटको दुबै क्षेत्रीय सभापति महत-लामाको पोल्टामा, जिल्ला सभापतिमा के होला ?

नुवाकोटको दुबै क्षेत्रीय सभापति महत-लामाको पोल्टामा, जिल्ला सभापतिमा के होला ?

नुवाकोट । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत नुवाकोट क्षेत्र नं १ को क्षेत्रीय धुर्ब श्रेष्ठ विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी विषम रिमाललाई हराउदै क्षेत्रीय सभापतिमा विजयी भएका हुन ।

यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा जगत तामाङ विजयी भएका छन् । मछिन्द्रनरसिंह प्याकुरेललाई हराउँदै सभापतिमा विजयी भएका हुन । विजयी यी दुबै डा. रामशरण महत, डा. प्रकाशशरण महत र बहादुरसिंह लामा प्यानलका उम्मेदवार हुन ।

यसअघि दुवै क्षेत्रको प्रदेशसभा क्षेत्रमा महत–लामा पक्षले कब्जा जमाएको थियो । क्षेत्र नम्बर १ को प्रदेश )क) मा महत-लामा पक्षका निकटका सुशिल खड्का र (ख) मा रामजी पौडेल सभापतिमा विजयी भएका छन् ।

यस्तै क्षेत्र नं २ को प्रदेश (क)मा महत–लामा पक्षकै बैकुण्ठबहादुर पाण्डे र (ख) मा पनि गणेशमान तामाङ विजयी भएका छन् ।

यो नतिजासंगै नुवाकोट काङ्ग्रेसको सभापति को होला भन्ने कौतुहलता थप बढाएको छ । सभापतिमा केसि पक्षबाट डा. केदारनरसिङ केसि र महत- लामा पक्षबाट रमेशकुमार महत र चोकराज शाक्यको नाम चर्चामा छ ।

प्रकाशित मिति:     ८ मंसिर २०७८, बुधबार  |    Himali Khabar