नुवाकोटको १२ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व, कुन तहमा को ?

नुवाकोटको १२ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व, कुन तहमा को ?

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत हिजो नुवाकोटमा भएको पालिका स्तरीय निर्वाचनको नतिजा आएको छ । १२ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व आएको छ ।

बिदुर नगरपालिकामा हरिलाल श्रेष्ठ बिजयी भएका छन् भने बेलकोटगढि नगरसभापतिमा लेखनाथ मुडभरि बिजयी भएका छन् । यस्तै ककनी गाउँपालिकामा भग्यश्री लामा, सुर्यगढिमा शंकर प्याकुरेल , शिवपुरीमा कविराज गुरुङ, दुप्चेमा रोजलाल मोक्तान, लिखुमा बिनोद पाठक, किस्पाङमा रण बहादुर लामा, मेघाङमा सिहराज लामा, तादिमा नारायण पाण्डे, तारकेश्वरमा केशव अर्याल र पन्चकन्या गाउँपालिकामा माधव खनाल चयन भएका छन् ।

प्रकाशित मिति:     १० आश्विन २०७८, आईतवार  |    Himali Khabar