भाडा समायोजनको माग गर्दै यातायात व्यवसायी आन्दोलित

भाडा समायोजनको माग गर्दै यातायात व्यवसायी आन्दोलित

काठमाडौं । भाडा समायोजन र कोरोना विरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले सवारी साधनसहित विरोध प्रदर्शन गरेका छन् । कार्यालय समयमा यातायात व्यवसायीले आ–आफ्ना साधनसहित र्‍याली निकालेका कारण ट्राफिक व्यवस्थामा समेत अस्तव्यस्त भएको थियो ।

व्यवसायीले साना तथा ठूला सवारी साधन चक्रपथमा निकालेका छन् । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायी विरोधमा छन् । त्यस्तै यातायात मजदूरलाई खोप उपलब्ध गराउनुपर्ने, २० वर्ष पुगेका सवारी साधनको अवधि थप हुनुपर्ने, नवीकरण तथा जरिवाना छुट लगायतका माग व्यवसायीले राखेका छन् ।

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar