नुवाकोट । नुवाकोटका आगामी तीन महिना नदी तथा खोला उत्खननमा गर्न नपाइने भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आयोजित प्राकृतिक श्रोतसाधनको स्थानीय सरकार प्रमुखसहितको समन्वय बैठकमा असारदेखि असोजसम्म नदी उत्खननमा रोक लगाउने निर्णय भएको हो ।
बैठकले त्रिशूली, तादी, लिखु, फलाखु, कोल्पु, सलाखु, सामरीलगायतका खोलाबाट ढुंगा, बालुवा,गिट्टी लगायतका सामाग्री निकाल्न पूर्ण रोक लगाउनुका साथै उत्खनन गर्ने सामान बगरमा लगे पनि त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गरिने निर्णय गरेको जानकारी दिइएको छ।
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले कसैले नियमकानुन विवपरित काम गरेमा कारवाही गरिने चेतावनी दिदै नियमति अनुगमन गरिने जानकारी दिए ।
तर असार १ अघिअगाडि उत्खनन गरेर राखिएको सामाग्रीलाई स्टक प्रमाणित गरि बिक्री वितरण गर्न भने पाइनेछ। यस्तै जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले नदीजन्य पदार्थको उपयोग सहि तरिकाले हुन नसकेको भन्दै अनुगमनमा थप कडाइ गनुपर्ने बताए ।