काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट उत्पन्न संकट नागरिक समूह र गैर सरकारी संस्थाहरुबाट स्वास्थ्य सहयोग सामग्रीहरु जुटाउँदै COVID 19 Rapid Action Taskforce Nepal(C19 RAT) को तर्फबाट गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले ५ थान १० लिटर क्षमताको अक्सिजन कन्सनट्रेटर मेसिन भक्तपूर नगरपालिकाका उप–प्रमुख रजनी श्रेष्ठ जोशीलाई प्रदान गरेका छन् ।
कोभिड १९ विरुद्ध लड्न केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले हातेमालो गर्दै समस्या समाधानतर्फ अगाडि बढ्नुपर्ने भन्दै उप–प्रमुख जोशीले यो संकटको घडीमा भक्तपुर नगरपालिकाले केन्द्रिय सरकारबाट कुनै किसिमको सहयोग प्राप्त नभएपनि जनस्तर तथा दाताहरुबाट स्वस्फुर्त रुपमा संक्रमितको उपचारार्थ भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ करोड ३२ लाख ९० हजार ९ सय ७८ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको जानकारी दइन ।
धुलिखेल नगरपालिकाद्वारा संचालित ५० बेडको आईसोलेसन केन्द्रमा कोभिड संक्रमितहरुको चाप बढेको अवस्थामा विरामीहरुलाई अक्सिजन सहित उपचार गर्न प्राप्त ५ वटा अक्सिजन कन्सनट्रेटर, १० वटा अक्सिजन सिलिण्डर र अन्यविविध स्वास्थ्य सामग्रीहरु तत्तकाल सहयोग प्राप्त हुँदा सेवा निरन्तरता दिन निकै ठुलो सहयोग भएको महानगरपालिकाका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख सन्दीप केसीले बताए ।
अक्सिजनअभावका कारण अस्पतालहरुले संक्रमितको उपचार गर्न नसकेको अवस्थामा BEFON, SEN, ENPHO, Creasion Nepal, Nepal Rising, Engage Nepal / GUTHI संस्थाहरुले कोभिड १९ विरुद्ध लडन C19 RAT समुह गठन गरि अक्सिजन सिलिण्डर र अक्सिजनहाईड्रोजन सिलिण्डर मेसिन संक्रमित बिरामीलाई उपचार गर्न उपलब्ध गराईरहेको छ ।
समुहको अग्रसरतामानेपाल राईजिङ्ग, र इन्गेज नेपालको आर्थिक सहयोगमा ७० वटा कन्सनट्रेटर मेसिन विभिन्न अस्पतालमा र आइसोलेसन सेन्टरमा उपलब्ध गराईसकेको छ । त्यसै गरि यस समूहले मध्यपुर ठिमी नगरपालिका स्थित नेपाल कोरिया मैत्रीनगरपालिका अस्पतालमा४० वटा, धुलिखेल नगरपालिकामा ५ वटा, भक्तपूर नगरपालिकामा ५ वटा, ललितपुर महानगरपालिकामा ५ वटा, क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा १ वटा, काठमाडौं महानगरपालिका वडा नं १७ द्वारा संचालित आइसोलेसन सेन्टरलाई १ वटा, काठमाडौं महानगरपालिका वडा नं १५ स्थितकुमारी माजु डल्लु आवासको आइसोलेसन सेन्टरलाई १ वटा, तान्सेन मिसन अस्पतालाई २ वटा, विराटनगर महानगरपालिकालाई२ वटा,नगर अस्पताल सुर्खेतलाई २ वटा र महालक्ष्मीनगरपालिकालाई ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन प्रदान गरिसकेको जानकारी दिएको छ।
इस्तै नदिकिनारमा बसोवास गर्दै आइरहेका न्यूयआय भएका व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यसै क्षेत्रमा काम गर्दै आएका संस्था महिला एकता समाजलाई कोभिड १९ विरुद्ध लड्न ५० वटा होम आइसोलेसन किट उपलब्ध गराईएको छ ।