काठमाडौंमा समुदायस्तरमै कोरोना परिक्षण शुरु

काठमाडौंमा समुदायस्तरमै कोरोना परिक्षण शुरु

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण दर उच्च हुँदै गएपछि सरकारले आजबाट समुदायस्तरमै कोरोना परिक्षण अभियान शुरु गरेको छ ।

अभियानअन्तर्गत काठमाडौंको कालिमाटी क्षेत्रमा बिहान ८ बजेबाट एन्टिजेनमार्फत जाँच शुरु गरिएको र बिहान ११ बजेसम्म जाँच कायम रहने स्वास्थ्य सेवा विभागले जनाएको छ । करिब ५ सय जनाको जाँच गर्ने तयारी विभागको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अबदेखि दैनिक रूपमा एन्टिजेनमार्फतको जाँचलाई निरन्तरता दिइने विभागले जनाएको छ ।

उपत्यकामा हाल ४० हजार ७ सय ७४ जना सक्रिय सङ्क्रमित छ ।

प्रकाशित मिति:     ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar