तारकेश्वर गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम सार्वजनिक

तारकेश्वर गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम सार्वजनिक

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष शिव अधिकारीले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम सार्वजनिक गर्नुभएको हो । मुलुक संघीयता संरचनामा गएपछि गाउँपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम लागू गरेको हो ।

योसँगै नयाँ शैक्षिक सत्रको शैक्षिक क्यालेन्डर विमोचन गरिएको छ । कार्यक्रममा गाउँपालिकाभरका जनप्रतिनिधि, कर्मचारी र प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमा अध्यक्ष अधिकारीले समाजको सर्वाङ्गीण विकासको आधार नै शिक्षा भएकाले गुणस्तरीय शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधारका लागि आफूले सुरु गरेका कार्यक्रमहरू निरन्तर र प्रभावकारी ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष अधिकारीले केही विद्यालयमा यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने तयारी रहेको समेत जानकारी दिनुभयो ।

शिक्षकहरूको तलब रोकिन नहुने भन्दै अध्यक्ष अधिकारीले समयमै तलब भुक्तानी गर्न शिक्षा शाखालाई निर्देशन समेत दिनुभयो ।

प्रकाशित मिति:     ५ जेष्ठ २०८०, शुक्रबार  |    Himali Khabar